ढुंगाले लागेर लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २३, मंगलबार (६ घण्टा अघि)
  • ६३ पटक पढिएको
ढुंगाले लागेर लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु

वैशाख २३, काठमाडौं । दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशवराज ओझाको दुर्घटनामा परि मृत्यु भएको छ । गाउँपालिकाको शैक्षिक कार्यक्रम सकाएर मोटरसाइकलमा घर फर्कने क्रममा हिजो बेलुका लेकम गाउँपालिका–४ गोदालीमा माथिबाट खसेको ढुंगाले लागेर ओझाको मृत्यु भएको हो ।

घाइते अवस्थामा उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गोकुलेश्वर अस्पताल लगिएको थियो । उपचारका लागि गोकुलेश्वर अस्पताल पु¥याउँदा चिकित्सकले ओझालाई मृत घोषणा गरेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताए ।

उनको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस