हलिउड अभिनेत्री डेमी मुरको न्युड पोज

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ आश्विन ८, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाडौं । हलिउड अभिनेत्री डेमी मुरले ‘हारपरर्स बजार’ पत्रिकाका लागि न्युड पोज दिएकी छिन् । उनको तस्वीर पत्रिकाको अक्टोवर अंकको कभरमा छापिनेछ ।

१५ वर्षको हुँदा आफूमाथि यौन दुव्र्यवहार भएको रहस्य हालै सार्वजनिक गरेर चर्चामा आएककी डेमीले आफ्नो संस्मरण ‘इन्साइड आउट’ मा धेरै रहस्य खुलासा गरेकी छिन् ।

यसका साथै द न्युयोर्क टाइम्सलाई दिएको एक अन्तर्वातामा पनि उनले आफ्ना धेरै नयाँ विषय सार्वजनिक गरेकी छिन् ।

टाइम्सका अनुसार डेमीले आफ्नो बालापनको संस्मरण सार्वजनिक गर्ने क्रममा १५ वर्षको उमेरमै योन शोषण भएको उल्लेख गरेकी छिन् ।

यसको एक वर्षपछि उनले आमाको घर छोडेकी थिइन् । उनको परिवार साउथ क्यालिफोर्नियामा आउनुभन्दा पहिले ग्रामीण क्षेत्रमा बस्थ्यो । अन्नपूर्ण पोस्ष्टमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस