वैशाख २९, काठमाडौं । डिभिजन सडक कार्यालय र काठमाडौं महानगरपालिकाले काठमाडौंको जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको सीमामा रहेका संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएको छ ।
उक्त खण्डको सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५/१५ मिटर सडकको सीमा रहेकाले ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाटै ती स्थानमा परेका संरचना हटाउन आज सूचना प्रकाशित गर्दै विभाग र महानगरले भनेको हो ।
यस सीमामा नेपाल सरकार र महानगरले यसै महिना सीमाङ्कन गरेर चिह्नसमेत लगाइएको छ । साथै, किलासमेत गाडिएको सूचनामा उल्लेख छ । यस क्षेत्रका अनधिकृत संरचना ३५ दिनभित्र नहटाए सार्वजनिक सडक ऐन २०३१, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड तथा कार्यविधिअनुसार कारबाही गरिने जनाइएको छ ।