काठमाडौं भ्यू टावरको निर्माण अघि बढाउन उच्च अदालतको आदेश

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २५, बुधबार (२० घण्टा अघि)
  • ६९ पटक पढिएको
काठमाडौं भ्यू टावरको निर्माण अघि बढाउन उच्च अदालतको आदेश

असार २५, काठमाडौं । उच्च अदालत पाटनले पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण नरोक्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।

बुधबार न्यायाधीश प्रकाश खरेलको एकल इजलासले इजलासले काम नरोक्न अन्तरिम आदेश दिएको हो । उच्च अदालतको आदेशसँगै ठेकेदार कम्पनीलाई निर्माण जारी राख्ने बाटो खुलेको छ ।

नक्सा पासमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँसमेतको संलग्नतामा अनियमितता भएको भन्दै मेयर बालेन शाहले निर्माणाधिन काठमाडौं भ्यू टावरको निर्माण रोक्न ९ माघ, २०८१ मा पत्र पठाएका थिए । काठमाडौं महानगरको निर्णय विरुद्ध स्वच्छन्द बिकोई बिल्डर्स उच्च अदालत पाटन गएको थियो ।

उच्च अदालतले निर्माण कम्पनीले तला थप्न महानगरबाट अनुमती लिएको, नक्सा स्वीकृत भइसकेको र नक्सा स्वीकृती लिँदाको दस्तुर समेत तिरिसकेको भन्दै निर्माण नरोक्न आदेश दिएको हो । भवन निर्माणलाई निरन्तरता दिनु उचित हुने र त्यसमा ठेकेदारको वैध अपेक्षा पनि रहने भन्दै उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

१२ तलाको निर्माण अनुमती रहेको टावरलाई १९ तलाको अनुमती दिएको भन्दै मेयर शाहले प्रमुख प्रशाकीय अधिकृत गुरागाईलाई निलम्बन गर्दै अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन आग्रह गरे पनि प्रधानमन्त्री केपी ओली र शहरी विकासमन्त्री प्रकाशमान सिंहले असहयोग गर्दै गुरागाईलाई नै पुन पठाएको हो ।

प्रमुख प्रशासकिय अधिकृतसँग चलेको विवादका कारण काठाडौं महानगरपालिकाले अहिलेसम्म सभा गरेर बजेट ल्याउन समेत सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस