वाइसीएलले दुई महिना श्रम अभियान चलाउने

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८२ अषाढ २५, बुधबार (१८ घण्टा अघि)
  • ६६ पटक पढिएको
वाइसीएलले दुई महिना श्रम अभियान चलाउने

असार २५, काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपालले ‘श्रम तथा उत्पादनमा वाइसीएल’ नामक दुई महिने श्रम अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको संगठनको केन्द्रीय समिति बैठकले अभियान साउन १ गतेदेखि सुरु गर्ने जनाएको छ ।

अभियानको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । वाइसीएल अध्यक्ष पुष्प ओलीले प्रकृतिजन्य विपद् व्यवस्थापनलाई मुख्य कार्यक्रमका रूपमा समेटिएको जानकारी दिए ।

उनका अनुसार संगठनले उत्पादनमा कृषि, उद्योग तथा डिजिटल व्यापारसमेत समेटिएको ठोस योजना बनाएको छ । साथै, वैदेशिक रोजगारमा हुने ठगी, सरकारी कार्यालयमा हुने ढिलासुस्ती र भ्रष्टाचार, निर्माणाधीन सरकारी काममा देखिएको अनियमितता विरुद्ध संघर्ष गर्ने जनाएको छ ।

भाद्र महिनापछि १६ देखि २५ वर्ष उमेर समूहलाई लक्षित गरी ‘पोलिटिकल युथ कन्सर्ट’ आयोजना गरिने वाइसिएलले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस