नेपाल टेलिकमको ‘मनसुन अफर’, के-के छ सुबिधा ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ २५, बुधबार (२० घण्टा अघि)
  • ९४ पटक पढिएको
नेपाल टेलिकमको ‘मनसुन अफर’, के-के छ सुबिधा ?

असार २५, काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवामा समर्पित भन्ने नारालाई आत्मसात गर्दै प्राप्त प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोगशैलीलाई समेत मध्यनजर गर्दै कम्पनीले असार २६ देखि लागु हुने गरी मनसुन अफर २०८२ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराउने भएको छ ।

यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस