असार २५, काठमाडौं । नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्ध असहयोग गरेको आरोपमा कारबाही गरेको हो ।
प्रतिनिधिसभा र प्रदेश सभा चुनाव सम्पन्न भएको तीन वर्ष पुग्न लाग्दा पार्टीले आधिकारिक उम्मेदवारलाई हराउने नियतले असहयोग गर्ने नेताहरूमाथि निष्कासन र निलम्बनको निर्णय लिएको हो । पार्टीका उम्मेदवारलाई हराउने मनसायले उजुरी, सामाजिक सञ्जालका सामग्री तथा अडिओरभिडिओ प्रमाणहरूको अध्ययनपछि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासनरनिलम्बन गर्ने निर्णय गरिएको अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाले बताएका छन् ।
तेह्रथुमका तुलसी सुब्बा, कास्कीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई र पर्साका क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता एक वर्षका लागि पार्टीबाट निष्कासित भएका छन् । धनुषाको लक्ष्मीनीया गाउँपालिका सभापति आनन्द यादवलाई ६ महिनाका लागि निष्कासित गरिएको छ भने कास्कीका निवर्तमान सभापति कृष्ण के.सी. तीन महिनाका लागि निलम्बनमा परेका छन् ।
यस्तै, धनुषा, कास्की र कैलाली जिल्लाका केही नेताहरू तथा क्रियाशील सदस्यहरूलाई पनि छ महिनाको निलम्बन गरिएको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।