असार २५, काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज शेयर बजार २२.०४ अङ्कले बढेर दुई हजार ७०५.९० को विन्दुमा गुगेको छ ।
नेप्सेका अनुसार आज ३१६ धितोपत्रका १ करोड ५८ लाख २२ हजार ९ सय ७० कित्ता शेयर ६२ हजार ८८४ पटक खरिदबिक्री हुँदा सात अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैँया बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहबाहेक अन्य सबैको सूचक बढेको छ । आज सबैभन्दा बढी बैंकिङ १.६८ र लगानी समूह १.३७ प्रतिशतले बढेको छ ।
विकास बैंक ०.३४, होटल तथा पर्यटन ०.२८, जलविद्युत् ०.५४, जीवन बिमा ०.२४, उत्पादन तथा प्रशोधन ०.९५, लघुवित्त ०.८५, निर्जीवन बिमा ०.२४, व्यापार ०.३४ र अन्य समूह ०.३० प्रतिशतले बढेको छ । यस्तै वित्त समूह ०.३८ र म्युचुअल फण्ड ०.०१ प्रतिशतले घटेको छ ।
आज बरुण हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ६.२१ प्रतिशतले बढेको छ । यस्तै पन्चकन्या माइ हाइड्रोपावरको ४.२८, एनआईसी एसिया बैंकको ३.९३, सीईडीबी होल्डिङ्सको ३.८८, न्यादी हाइड्रोपावरको ३.७४ प्रतिशत मूल्य बढेको छ ।
बढेको बजारमा आज सबैभन्दा बढी घट्नेमा ४.४१ प्रतिशतले ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । यस्तै क्रमश पिपुल्स हाइड्रोपावरको २.७७, राप्ती हाइड्रोको २.४४ तथा खानीखोला हाइड्रोको २.२९ प्रतिशतले घटेको छ ।
क
कारोबारमा भने राधी विद्युत कम्पनी अगाडी रहेको छ । उक्त कम्पनीको ४६ करोड ७१ लख ४६ हजार ५ सय १.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । यस्तै क्रमश बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीको कारोबार उच्च भएको हो ।