आजै शपथ

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २७, बिहिबार (१ हप्ता अघि)
  • ५७ पटक पढिएको
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

बैशाख २७, काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी डेढ वर्षमा तेस्रो पटक मुख्यमन्त्री बनेका हुन् ।

एमालेका ३९ र माओवादीका १३ गरी कार्कीले ५२ सांसदहरू समर्थन पाएका थिए । समर्थन गरेका ५२ जना सांसदहरूको सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्तिसँगै अब कार्कीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

यसअघि धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की बुधबार बर्खास्तीमा परेका थिए । गएको २६ चैतमा केदार कार्की नेतृत्वको सरकारको एमालेले समर्थन फिर्ता गरे पनि ३० दिनभित्र विश्वासको मत नलिएपछि उनी बर्खास्तीमा परेका थिए । केदार कार्की नेतृत्वको सरकार बर्खास्तीमा परेससँगै बुधबार प्रदेश प्रमुखले तीन दिनको समय दिएर उपधारा ५ अनुसारको सरकार आह्वान गरेका थिए । तोकिएको अन्तिम समयअगाडि नै बहुमत सांसदहरू हस्ताक्षर लिएर दाबी गरेपछि प्रदेश प्रमुखले हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस