आजको मौसम

कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ जेष्ठ ७, सोमबार (१ साल अघि)
  • ४१ पटक पढिएको
कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

जेठ ७,काठमाडौँ । आज कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरुका साथै लुम्बिनी प्रदेश लगायत अरु पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा बिहानैदेखि हल्का पानी परिरहेको छ । पानी परेको ठाउँमा गर्मी घटेर शीतल भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस