वैशाख २४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइने बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस, २०८२ को अवसरमा बुधवार राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान– २०८१ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आमसञ्चार विधेयक ड्राफ्टको क्रममा रहेको बताउँदै यसले सञ्चार क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने बताए । उनले पछिल्लो समय प्रिन्ट र ब्रोडकास्टिङ मिडियाभन्दा अनलाइन मिडियामा धेरै समस्या देखिएको बताए ।
उनले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको सामाजिक सञ्जाल ऐनलाई पेस गरिसकेको बताए । यस्तै मिडिया काउन्सिल विधेयक पनि छलफलमा रहेको जिकिर गरे ।