धितोपत्र बोर्डमा अख्तियारको छापा, आईपीओ निष्काशनका कागजात जफत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २४, बुधबार (१६ घण्टा अघि)
  • ६९ पटक पढिएको
धितोपत्र बोर्डमा अख्तियारको  छापा, आईपीओ निष्काशनका कागजात जफत

वैशाख २४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ । जलविद्युत् कम्पनीहरुको आईपीओ निष्काशनमा बोर्डका अध्यक्षले बिचौलियामार्फत कमिसन मागेको खबर बाहिरिएपछि बोर्डमा अख्यिारले छापा मारेको हो ।

अख्तियारले प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेका सबै कम्पनीहरुको कागजात आफ्नो नियन्त्रणमा लिएको छ । बोर्डका सहायक प्रवक्ता टोलकान्त न्यौपानेले अख्तियारको टोली बोर्डमा आएको र आईपीओ निष्काशनको स्वीकृति माग्दै बुझाएका जलविद्युत्का ३३ सहित ८९ कम्पनीको कागजपत्रह आफ्नो नियन्त्रणमा लिएको बताए ।

बोर्डले लामो समयदेखि आईपीओ निष्काशनको स्वीकृतिमा ढिलाई गर्दै आएको थियो । यसमा जलविद्युत् कम्पनीहरुसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलिया खटाएर प्रतिआयोजना ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको खबर बाहिरिएको थियो ।

जलविद्युत् कम्पनीहरुले कमिसन मागिएको भन्दै आइतबार अख्तियारमा उजुरी गरेका थिए । मंगलबारमात्रै उनीहरुले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)सँग छलफल गरी बोर्डसँग औपचारिक जानकारी माग्ने बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस