वैशाख २५, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)बाट बाहिरिसकेको चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई दुई विकेटले हराएको छ ।
गएराति इडेन गार्डेन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको कोलकाताले दिएको १८० रनको लक्ष्य चेन्नईले दुई बल बाँकी रहँदा आठ विकेट गुमाएर पुरा गर्यो ।
चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनी १७ रन बनाएर अविजित रहे । डेवाल्ड ब्रेभिसले ५२, शिवम दुबेले ४५, र उर्विल पटेलले ३१ रन बनाए । वैभव अरोराले तीन विकेट तथा हर्षित राना र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।
यसअघि कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो । कप्तान अजिंक्य रहाणेले ४८, आन्द्रे रसेलले ३८ रन र मनिष पाण्डेले अविजित ३६ रन बनाए । नूर अहमदले चार विकेट लिए ।
जितसँगै पुछारको चेन्नईले १२ खेलबाट ६ अंक पुर्यायो । कोलकाताको भने समान खेलबाट ११ अंक छ । कोलकाता पनि प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।
आईपीएलमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।