नेपालको पासपोर्ट कमजोर बन्दै ९८औं स्थानमा, सबैभन्दा शक्तिशाली पासपोर्ट हुने देश कुन ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २६, बिहिबार (४ महिना अघि)
  • १२ पटक पढिएको
नेपालको पासपोर्ट कमजोर बन्दै ९८औं स्थानमा, सबैभन्दा शक्तिशाली पासपोर्ट हुने देश कुन ?

पौष २६, काठमाण्डौँ । राहदानीको सूचिमा नेपाल धेरै कमजोर बनेको छ । विश्वका सबै देशका राहदानीको सूचिमा नेपाल अन्तिमबाट ८ नम्बरमा पुगेको हो । यो भनेको बङ्गलादेश, उत्तर कोरिया भन्दा पनि कमजोर हो ।

हेन्लीले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा पुगेको हो । नेपाल सूचीको ९८औं स्थानमा रहेको छ । सबैभन्दा शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन पहिलो नम्बरमा छन् । यी ६ देशको पासपोर्ट पहिलो नम्बरमा छन् । पहिलो नम्बरमा रहेका ६ देशको पासपोर्ट हुनेहरूले प्रिभिसा बिनै १९४ देशमा प्रवेश गर्न पाउँछन् ।

सातौं स्थानमा रहेको अमेरिकाको पासपोर्टले १८८ देशमा अग्रिम भिसाबिनै प्रवेश गर्न सकिन्छ । ८० औं स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा प्रवेश गर्न सकिने व्यवस्था छ । चीनको पासपोर्ट ६२ औं स्थानमा छ । चीनको पासपोर्टले ८५ देशमा प्रवेश गर्न सकिन्छ ।

नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिना भिसा जान सकिने व्यवस्था छ । दक्षिण एसियामा नेपालभन्दा बलियो श्रीलङ्काको पासपोर्टले ४३ देश र बङ्गलादेश र उत्तर कोरियाको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस