नदीजन्य वस्तु सङ्कलनका क्रममा

महाकाली नदी टापुमा १२ घण्टादेखि २७ मजदुर फसे, उद्धारको पहल जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २७, बिहिबार (१ हप्ता अघि)
  • ११४ पटक पढिएको
महाकाली नदी टापुमा १२ घण्टादेखि २७ मजदुर फसे, उद्धारको पहल जारी

बैशाख २७, कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्याक्टरसहित मजदुर थुनिएका छन् ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार हिजो साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका १४ ट्याक्टरसहित २७ जना चालक र मजदुर टापुमा फसेका हुन् । प्रहरीका अनुसार महाकालीको बीच टापुमा करिब अढाइ तीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन् ।

सोही क्षेत्रमा अहिले ट्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको प्रहरीले जनाएको छ । फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

# महाकाली नदी

ताजा अपडेट

खोजी गर्नुहोस