आईपीएल क्रिकेटबाट बेंगलूरु बाहिरियो, राजस्थानसँग ४ विकेटले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ १०, बिहिबार (३ हप्ता अघि)
  • ६९ पटक पढिएको
आईपीएल क्रिकेटबाट बेंगलूरु बाहिरियो, राजस्थानसँग ४ विकेटले पराजित

जेठ १०, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा क्वालिफायर पुग्नका लागि भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेनजर्स बेंगलूरु आरसिबिलाई हराएको छ । फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थानसँग ४ विकेटले पराजित हुँदै बेंगलूरु बाहिरिएको हो ।

गएरातिको खेलमा बेंगलूरुले दिएको १ सय ७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४० रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको बेंगलूरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । उसका रजत पतिदरले सर्वाधिक ३४ रन बनाएका थिए ।

राजस्थानले अब पहिलो क्वालिफायरको पराजित टोली सनराईजर्स हैदराबादसँग फाइनल प्रवेशका लागि भोलि खेल्नेछ । हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल आउने आइतवार हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस