वैशाख २८, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ वैशाखमा संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कायैक्म प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यक्रममाथि प्रतिनिधिसभामा २२ वैशाखदेखि सुरु भएको छलफल शुक्रबार सकिएको थियो ।
आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुखले नीति तथा कार्यक्रममाथि विभिन्न सांसद्ले पेश गरेका संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।
३७ वटा संशोधनका सूचना र सांसदहरुले रचनात्मक सुझाव दिए पनि नीति तथा कार्यक्रम जस्ताको त्यस्तै पारित भएको छ । सभामुख देवराज घिमिरले सरकारको वार्षिक नीति तथा कार्यक्रम ध्वनी मतको आधारमा बहुमतले पारित भएको हो ।