आईपीएल

आईपीएल फाइनल : उपाधिका लागि आज कोलकाता र हैदराबाद खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ १३, आईतबार (३ हप्ता अघि)
  • ८३ पटक पढिएको
आईपीएल फाइनल : उपाधिका लागि आज कोलकाता र हैदराबाद खेल्दै

जेठ १३, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ ।

गएको मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो । अस्ति शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँग फाइनल खेल्न लागेको हो ।

कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो । उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ । उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।

#आईपीएल

ताजा अपडेट

खोजी गर्नुहोस