कङ्गोमा भारी वर्षा : तीन सय जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० पौष २१, शनिबार (४ महिना अघि)
  • ५ पटक पढिएको
कङ्गोमा भारी वर्षा : तीन सय जनाको मृत्यु

पौष २१, काठमाण्डौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा तीन सय जनाको मृत्यु भएको एक मन्त्रीले बताएका छन् । सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धता मन्त्री मुटिङ्गा मुतुइशायीले विपद् कम्तिमा ४३ हजार सात सय ५० घरहरू भत्किएको बताएका हुन् ।

उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिए । मन्त्रीले कङ्गोली अधिकारीहरूलाई मानवीय टोलीहरूलाई सहयोग गर्न अन्तराष्ट्रिय एकताको लागि आह्वान गर्दै पीडितहरूलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस