बंगलादेशमा शेख हसिनाको पार्टीलाई बहुमत

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० पौष २३, सोमबार (४ महिना अघि)
  • ६ पटक पढिएको
बंगलादेशमा शेख हसिनाको पार्टीलाई बहुमत

पौष २३, काठमाडौँ । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ ।
प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् ।

३०० सिटका लागि भएको आम निर्वाचनमा बंगलादेश अवामी लिगले करिब २०० सिटमा जित हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले भने यो निर्वाचन देखावटीमात्र भएको भन्दै बहिस्कार गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस