फ्रान्सको इतिहासमै ३४ वर्षिय गेब्रियल अटल बने कान्छो प्रधानमन्त्री !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० पौष २५, बुधबार (४ महिना अघि)
  • ५ पटक पढिएको
फ्रान्सको इतिहासमै ३४ वर्षिय गेब्रियल अटल बने कान्छो प्रधानमन्त्री !

पौष २५, काठमाण्डौँ । फ्रान्सको इतिहासमै सबैभन्दा कान्छो उमेरका व्यक्ति प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षिय युवा गेब्रियल अटललाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । योसँगै उनी फ्रान्सको इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री बनेका छन् ।

वर्तमान शिक्षामन्त्री समेत रहेका उनी यो उमेरमा फ्रान्सको दोस्रो उच्च पदमा बस्ने सबैभन्दा कान्छा व्यक्ति बनेका छन् । एक सर्वेक्षणले म्याक्रोनका नजिकका सहयोगीको रुपमा परिचित उनी सबैभन्दा लोकप्रिय मन्त्री रहेको देखाएको छ । उनी फ्रान्सको पहिलो खुला समलिङ्गी प्रधानमन्त्री हुन् ।

सीएनबीसीले आफ्नो वेबसाइटमा अटलले आगामी जुन महिनामा हुने यूरोपेली संसदीय निर्वाचनमा सरकारको नेतृत्व गर्ने उल्लेख गरेको छ ।
यसअघि सन् १९८४ मा लरेन्ट फाबियस ३७ वर्षको उमेरमा फ्रान्सको प्रधानमन्त्री बनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस