भारतमा कोठाभित्र निसासिएर ५ बालबालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० पौष २५, बुधबार (४ महिना अघि)
  • ५ पटक पढिएको
भारतमा कोठाभित्र निसासिएर ५ बालबालिकाको मृत्यु

पौष २५, काठमाण्डौँ । भारतको उत्तर प्रदेशमा पर्ने अमरोहा जिल्लाको एउटा गाउँमा कोठाभित्र निसासिएर पाँच बालबालिकाको मृत्यु भएको छ । अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार घटना जिल्लाको ढाका गाउँको हो । पहिले कोठामा जलेको कोइलामा खाना पकाइएको थियो । त्यसपछि एउटै कोठामा सात जना सुतेका थिए ।

जिल्ला मजिस्ट्रेट राजेश त्यागीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘प्राथमिक रूपमा कोठामा अक्सिजनको अभाव भएको देखिन्छ, जसका कारण निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको हो । जसमा दुई केटा र तीन केटी छन् । दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस