चीनको कोइलाखानीमा विस्फोट, १० कामदारको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० पौष २९, आईतबार (४ महिना अघि)
  • १६ पटक पढिएको
चीनको कोइलाखानीमा विस्फोट, १० कामदारको मृत्यु

पौष २९, काठमाण्डौँ । चीनको हेनान प्रान्तको एक कोइलाखानीमा भएको दुर्घटनामा १० कामदारको मृत्यु भएको छ । अरु ६ जना बेपत्ता भएका छन् । राज्य प्रसारक सिसिटिभीले शुक्रबार दिउँसो २ः ५५ बजे पिंगडिङशानमा दुर्घटना भएको शनिबार मात्रै जनाएको हो । कोइला र ग्यास विस्फोटका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

सरकारी सञ्चारमाध्यम ‘चाइना डेली’ले स्थानीय अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा १० जनाको मृत्यु भएको जनाएको छ । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा दुर्घटना भएको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुर्घटनाको समयमा खानीमा ४ सय २५ जना काम गरिरहेका थिए, जसमध्ये ३ सय ८० जनालाई बाहिर निकालिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस