दिल्लीमा आगलागी: चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० माघ १६, मंगलबार (३ महिना अघि)
  • १८ पटक पढिएको
दिल्लीमा आगलागी: चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट

माघ १६,काठमाडौँ । भारतको राजधानी दिल्लीमा आगलागीमा परि चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट भएका छन् ।

दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा हिजो आगलागी भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ ।

आगलागीका कारण गोदाममा राखेका गाडीहरू जलेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीमा परि नष्ट भएका गाडी स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको खबरमा उल्लेख छ । आगलागीको कारण भने खुलेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस