प्रदेश नं १ : प्रदेशसभा बैठक माघ २० देखि हुने

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७५ माघ २, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २, विराटनगर– प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिए । प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवेशनबाट प्रदेश सरकारले विभिन्न २४ वटा ऐन पारित गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

चालू हुने अधिवेशनबाट थप कानून निर्माण हुने र प्रदेशको राजधानी तथा नाम पनि तोकिने प्रस्ताव प्रदेशसभाको बैठकमा आउने अनुमान गरिएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस