वैशाख २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको र सबै प्रकारका आतंकवादविरुद्ध नेपाल रहेको बताएका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसंग आज भएको भेटमा ओलीले आतङ्कवादी हमलाको भत्र्सना गर्दै नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट पर्नु भएको छ । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट हिजो सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरे ।