वैशाख २६, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रक लाइनका महसुल बक्यौता रहेका उद्योगीहरुलाई आगामी जेठ मसान्तभित्र पुनरावेदनमा आउन आग्रह गरेको छ ।
प्राधिकरणले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महसुल बक्यौता रहेका उद्योगीहरुलाई बक्यौताको ५ प्रतिशत नगद वा एक वर्षको म्याद रहने गरी जारी भएको बैंक ग्यारेन्टी धरौटी जम्मा गरी पुनरावेदनमा आउन आग्रह गरेको हो ।
वैशाख २१ गते बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठकले एक महिनाभित्र पुनरावदेनमा आउनका लागि उद्योगीहरुलाई सूचना जारी गर्ने निर्णय गरेको थियो ।
यसअघि ०८१ चैत २९ गते बसेको बोर्ड बैठकले २५ प्रतिशत धरौटी रकमलाई ५ प्रतिशतमा पुर्याउने निर्णय गरेको थियो । तर हालसम्म कुनै उद्योगी पुनरावेदनका लागि प्राधिकरणको गएका थिएनन् ।