प्रदेश खारेज गरी मौलिक व्यवस्था निर्माण गर्न राजेन्द्र लिङदेनको प्रस्ताव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख २६, शुक्रबार (७ घण्टा अघि)
  • ४१ पटक पढिएको
प्रदेश खारेज गरी मौलिक व्यवस्था निर्माण गर्न राजेन्द्र लिङदेनको प्रस्ताव

वैशाख २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङदेनले फजुल खर्चको मुख्य कारण प्रदेश संरचना भएको भन्दै सबैको सहमतिमा प्रदेश खारेज गर्नुपर्ने बताए । वर्तमान संघीय व्यवस्थाले सबैलाई समेट्न नसकेको टिप्पणी गर्दै उनले नयाँ मौलिक संरचना निर्माण गर्नुपर्ने बताए । सबैलाई समेट्न सकिने गरी नयाँ मौलिक संरचना निर्माण गरिए मुलुकमा रहेका असन्तुष्टिको समेत सम्बोधन हुने उनको भनाइ छ ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष लिङदेनले धितोपत्र बोर्डले दलाली गरिरहेको आरोप लगाए । उनले बोर्डले दुई वर्षदेखि शेयर निष्काशन नगर्दा उर्जा उत्पादकहरू रोएर बस्नु परिरहेको बताए । उनले आईपिओ निष्काशन गर्न उर्जा उत्पादकहरूसँग बोर्डले सात प्रतिशत कमिसन मागिरहेको कारबाही गर्नुपदैन? भन्दै प्रश्न गरे ।

अध्यक्ष लिङदेनले संविधान र गणतन्त्रात्मक व्यवस्थाको विरोधमा राजनीति गर्न नपाउने सरकारको नीतिको विरोध गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस