नेपाल सबै आतंकवादविरुद्धको लडाईमा उभिन्छ : परराष्ट्र मन्त्रालय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख २६, शुक्रबार (९ घण्टा अघि)
  • ५३ पटक पढिएको
नेपाल सबै आतंकवादविरुद्धको लडाईमा उभिन्छ : परराष्ट्र मन्त्रालय

वैशाख २६, काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने स्पष्ट पारेको छ । बिहीबार साँझ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत–पाकिस्तानबीच जारी तनावको विषयमा नेपाल सबै खाले आतंकवादको विरूद्धमा रहेको उल्लेख गरेको हो ।

भारत–पाकिस्तानबीच बढेको तनावले नेपाल चिन्तित रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले दुःखद घटनामा नेपाल–भारत एकठाउँमा उभिएका र आततायी आक्रमणको तत्कालै आलोचना गरेको पनि जनाएको छ ।

नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने पनि स्पष्ट पारेको छ । यस्तै मन्त्रालयले दुई देशबीचको द्वन्द्व कम हुने र चाँडै शान्ति स्थापना हुने आशा पनि व्यक्त गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस