भारत-पाकिस्तानमा रहेका नेपालीको सुरक्षाको ख्याल गर्न सरकारलाई सभामुखको रुलिङ

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ बैशाख २६, शुक्रबार (७ घण्टा अघि)
  • ६१ पटक पढिएको
भारत-पाकिस्तानमा रहेका नेपालीको सुरक्षाको ख्याल गर्न सरकारलाई सभामुखको रुलिङ

वैशाख २६, काठमाडौं । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीहरुको सुरक्षाको ख्याल गर्न सरकारलाई निर्देशन दिएका छन् ।

भारत र पाकिस्तनबिचको तनावका कारण नेपालीहरु असुरिक्षत बनेको भन्दै सांसदहरुले नेपालीहरूको सुरक्षाका विषयमा सरकारलाई रुलिङ गर्न माग गरेपछि सभामुख घिमिरेले भारत र पाकिस्तानबिचको तनावलाई दृष्टिगत गर्दै दुवै देशमा बस्ने नेपालीहरूको आवश्यक सुरक्षा लगायतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच जारी तनावले त्यहाँ रहेका नेपालीको सुरक्षा र नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे सरकारको जवाफ मागेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले भारत र पाकिस्तानबीचको तनावले आपूर्ति लगायतमा प्रभाव पर्न सक्ने भन्दै सरकारको तयारीबारे छलफल गरी संसदलाई जानकारी गराउन माग गरेका थिए ।

यस्तै नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानमा रहेका नेपालीहरू र नेपाली विद्यार्थीहरूमाथि बढेको जोखिमबारे नेपालले ख्याल गर्नुपर्ने बताए भने नेकपा एमाले सांसद सरस्वती सुब्बाले खुला सीमा लगायतका कारणले नेपालमा सुरक्षाको विषयमा हुन सक्ने जोखिमलाई सरकारले ध्यानदिनुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस