सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २६, शुक्रबार (८ घण्टा अघि)
  • ५४ पटक पढिएको
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

वैशाख २६, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढ्को छ । शुक्रबार सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य आज पाँच रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस