स्पेन र पोर्चुगलमा उर्जा आपतकाल घोषणा, यातायात क्षेत्र प्रभावित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८२ बैशाख १६, मंगलबार (१ हप्ता अघि)
  • ६० पटक पढिएको
स्पेन र पोर्चुगलमा उर्जा आपतकाल घोषणा, यातायात क्षेत्र प्रभावित

बैशाख, १६ एजेन्सी । अकस्मात विद्युत आपूर्ति बन्द भएर सबै क्षेत्र प्रभावित बनेपछि स्पेन र पोर्चुगलमा आपतकाल घोषणा गरिएको छ । रहस्यमय रुपमा विद्युत आपूर्ति बन्द हुँदा सडक यातायातदेखि हवाई यातायातसमेत प्रभावित बनेको अधिकारीहरुले जनाएका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत अवरोधको कारण पत्ता लाग्न नसकेको जानकारी दिए । विद्युत आपूर्ति बन्द हुँदा दुवै देशका सब–वे प्रणालीहरु बन्द भएका छन् भने सडकमा ट्राफिक जाम भएको छ । स्पेनको गृह मन्त्रालयले अन्डालुसिया, एक्स्त्रेमादुरा, मुरसिया, ला रियोजा र म्याड्रिड लगायतका क्षेत्रमा आपतकाल घोषणा गरेको छ ।

यस्तै पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले राति अबेर मन्त्रिपरिषद बैठक बोलाएर ऊर्जा संकट घोषणा गरेका छन् । पोर्चुगलको विद्युत ग्रिड सञ्चालक रेडेस एनर्जेटिकास नासियोनाइसका अनुसार मध्याह्नपछिको केही समयमा सम्पूर्ण इबेरीय प्रायद्वीप र फ्रान्सका केही भागमा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ ।

विद्युत आपूर्ति बन्द हुनुको कारणबारे अनुसन्धान सुरु गरिएको छ । युरोपेली परिषदका अध्यक्ष तथा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो कोस्टाले विद्युत अवरोधको कारण स्पष्ट नभए पनि साइबर आक्रमणको कुनै संकेत नरहेको बताएको सीएनएनले उल्लेख गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस