सुनचाँदी

सुनको मूल्य घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ ३, सोमबार (११ महिना अघि)
  • १२९ पटक पढिएको
सुनको मूल्य घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

असार ३, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस