असार ४, काठमाण्डौँ । शिवम् सिमेन्टसले “शिवम् कीर्ति समारोह २०८१” भव्यरुपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि “उडान –समृद्धि र सहयात्राको” शिर्षकमा समारोह आयोजना गरिएको थियो ।
उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो । रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेशनल अन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष्य अवार्ड दिईएको थियो र साथै उत्कृष्ट मध्येका सर्वोत्कृष्ठ चार डिलरहरुलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट श्री निखिल अग्रवालले “विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरुले देखाएको धैर्यता र एक्यवद्धतालाई आधार मानेर शो शिर्षक राखिएको जानकारी दिए ।