असार ८, काठमाण्डौँ । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन साविक होटल सेभेन स्टार बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ। नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा २०८१ आषाढ ६ गते उक्त सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरि प्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई हस्ताक्षर गरे ।
चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रालिदुई तारे सुविधा सम्पन्न होटल हो । ५२ कट्ठा जग्गामा निर्मित होटलमा सुविधा सम्पन्न ४८ कोठा, स्वीमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हलहरू रहेका छन् ।