हेर्नुस् ‘पुरानो बुलेट’को ट्रेलर

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ फागुन ६, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाडौं । चैत्र १ गते रिलिज हुने ‘पुरानो बुलेट’ सिनेमाले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ ।

ट्रेलरमा सिनेमाका मुख्य कलाकार अनुप विक्रम शाहरुी, वर्षा सिवाकोटी, माला लिम्बु लगायतका कलाकारलाई ठाउँ दिइएको छ ।

सार्वजनिक ट्रेलरले सिनेमाले माया, प्रेम र विछोडको कथा प्रस्तुत गर्ने देखाएको छ ।

सार्वजनिक प्रदर्शन अघि ’पुरानो बुलेट’लाई फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर गरिदैंछ ।

सिनेमामा अनुप, बर्षा र मालाका अलवा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा समावेश छ ।

सिनेमालाई भिषण राईले निर्देशन गरेका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस