गायिका जलजला परियारको नयाँ गीत ‘भाग्य यस्तै’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ फागुन ११, शनिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन ११, काठमाडौं । रियालिटी सो ‘नेपाली तारा’को सिजन–३ बाट चर्चामा आएकी गायिका जलजला परियारको नयाँ गीत ‘भाग्य यस्तै’ सार्वजनिक भएको छ । गीतमा विदेसिने नेपाली युवाको कथा छ । जलजलालाई गायक क्रिस पिकेले साथ दिएका छन् ।

गीतको रचना निर्पप्रमोद जोशीले गरेका हुन् । म्युजिक र एरेन्ज विशाल निरौलाको छ । जलजला मिर्गाैला रोगबाट पीडित छिन् । लामो समयदेखि उनी उपचारमै थिइन् ।

उनको सहयोगका लागि कलाकारले देशविदेशबाट आर्थिक सहयोग जुटाएका थिए । गीतमा मोडल अञ्जली अधिकारी र कुमार श्रीले अभिनय गरेका छन् । गीतको भिडियो निर्देशन सिर्जन बरालले गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस