फागुन २३, काठमाडौँ । चलचित्र ‘द ब्रेकअप’को नयाँ गीत सार्वजनिक भएको छ । सिनेमा हाल प्रदर्शनरतः छ।
सिनेमाको ‘गुपचुप’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा बिक्रम बरालको स्वर रहेको छ। गीतको भिडियोमा नायक आशिरमान जोशी र शिल्पा मास्के फिचर भएका छन् ।
कालिप्रसाद बाँस्कोटाको संगीत रहेको गीतलाई प्रकाश मल्लले लेखेका हुन् ।
हेमराज विसी निर्देशित फिल्म ‘द ब्रेकअप’ गत शुक्रबारबाट प्रदर्शनमा आएको हो । फिल्ममा आशिर र शिल्पासँगै रेमनदास श्रेष्ठ, ईच्छा कार्की लगायतको अभिनय छ ।