गायक राजिव ‘कान्छी सुनन’ भन्दै फेरी आए ! (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ चैत्र ८, शुक्रबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

चैत्र ८,नागोया । जापानको ब्यस्ता शहर नागोयालाई आधार बनाउदै बिगत १२ वर्ष अगाडी देखि बस्दै आएका बहु चर्चित नेपाली गायक राजिव लामाले ‘जाऊ जाऊ साथी रेलैमा’, ‘वन लभ’, ‘टोक्यो शहरमा’ र ‘हामी नेपाली’ जस्ता बहुचर्चित गीतहरुको सफलता पश्चात पुन एकपटक छुट्टै जनरा लोक–हापमा कान्छी सुनन बोलको गीत लिएर आएका छन ।

उनले लिरिकल भिडियो बनाएर आफ्नै युट्युब चानल मार्फत सार्बजनिक गरेका हुन । आफ्नै गाउँ–घर, भिर–पाखा, डाँडा–भन्ज्याङ र खोला–नालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको कान्छी लाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ ।

नेपाली परिवेशका शब्दहरु राखी सिर्जना गरिएको यो गीतमा शब्द, संगीत र गायन आफै रहेको गीतलाई अझ सुन्दर बनाउन अस्ट्रेलियामा बस्ने र्यापर थुजे दोन्दुप (बिएत् ब्याण्ड) ले फलो गरेको गायक लामाले बताए ।

उक्त गीतलाई संगीत संयोजन र समायोजनमा बिशेष पाण्डेले आफ्नै होम स्टुडियो द बेस्मेंट नेपालबाट प्रोडुस गरेका छन ।

गीतमा बाँसुरी र सारंगीको धुन लाई ‘द ड्रिम्स स्टुडियो’ले संयोजन गरेको छ । गीतमा व्यकबोकल रोमन बज्राचार्यले डब्लु आइ पी आफ्नै रेकर्डिग स्टुडियो बाट गरेका छन । यो गीतलाई लिरिकल भिडियो अनिमेसन लन्डनबाट सत्य आदित्य वाईबाले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस