डोल्पामा बिहानै भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १४, आईतबार (१ हप्ता अघि)
  • ८३ पटक पढिएको
डोल्पामा बिहानै भूकम्पको धक्का

काठमाडौं । डोल्पा केन्द्र भएर आज भूकम्प गएको छ । बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्र केन्द्रविन्दु भएर गएको हो । यसअघि गोरखा भूकम्प गएको १० वर्ष पुगेकै दिन १२ गते सिन्धुपाल्चोकमा केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस