‘नराम्रो काम गरे मेरो घरबेटीलाई पनि कारवाही हुन्छ’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ जेष्ठ २९, मंगलबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

जेठ २९,चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लापर्वाही गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने बताएका छन् ।

चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने बताए । उनले भने, ‘घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’

उनले अघि भने, ‘म जसको घरमा बसेको छ, त्यो घरको मान्छेले पनि गल्ती गर्‍यो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’

ठेकेदारमाथिको बारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे ।

प्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गरेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस