नेपाल ट्रेड युनियनको नेतृत्वका लागि मतदान सम्पन्न

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ २, शनिबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असार २,काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको नेतृत्वका लागि मतदान सम्पन्न भएको छ ।

चार वर्ष नौ महिनापछि मंगलबार शुरु भएको छैटौँ महाधिवेशनअन्तर्गत आज अपराह्न २ बजेदेखि शुरु भएर केहीबेर अगाडिसम्पन्न भएको मतदानमा एक हजार ४२० मतदातामध्ये एक हजार ३९० ले मतदान गरेको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

मतगणना भने केहीबेरमा शुरु गरिने छ । बिहीबार निर्वाचन गरिसक्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि बन्दसत्र र मतदाता नामावली विवादका कारण शुक्रबार मात्र १७ पदाधिकारीसहित ४४ पदमा हुने मतदान भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस