असार ५,काठमाडौँ । नेपाली काँग्रेसका महासमिति सदस्य एवं समाजसेवी सुदर्शन आचार्यको मस्तिष्काघातका कारण ६० वर्षको उमेरमा आज निधन भएको छ ।
उनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।
काठमाडौँ जिल्लाको साविक गोलढुंगा गाउँ विकास समितिका पूर्व अध्यक्ष, विकेन्द्रिकरण समितिका पूर्व सदस्य एवं समाजसेवी आचार्यका श्रीमती र एक छोरी छन् ।