पुर्वप्रधानमन्त्री खनाल भन्छन-‘सरकारले अब तीव्र गतिमा काम गर्नेमा म ढुक्क छु’

Post Thumbnail

फागुन १२,विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले अब तीव्र गतिमा काम गर्नेमा आफू ढुक्क रहेको बताएका छन । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सरकारको काम कारवाहीप्रति असन्तुष्ट हुनुपर्ने कारण छैन भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले संविधानले दिएको अधिकार कसैले पनि खोस्न नसक्ने जिकिर गर्दै सरकारले आफ्ना काम कारवाहीलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुुपर्नेमा जोड दिए। उनले मुलुकको परिस्थितिमा कुनै पनि गडबढी हुने सङ्केत नदेखेको प्रष्ट पार्दै सङ्घीयताको पहिलो अनुभवमा कानून बनाउनुपर्ने भएकाले सरकारको काम कारवाहीमा केही ढिलाइ भएको चर्चा गरे ।

नेता खनालले पार्टी एकीकरण अविलम्ब हुने भन्दै सामाजिक सञ्जालमा अराजकता बढ्न नदिन नियमन गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा व्यक्त गरे । वर्तमान मन्त्री मण्डल पुनःगठन हुने कुनै एजेण्डा नभएको बताउँदै उनले पदमा रहेका पदाधिकारीलाई पार्टीको जिम्मेवारी दिने सम्बन्धमा छलफल चलिरहेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस