सिंगापुरबाट प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ८, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ८, काठमाडौं । उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले भिडियो ‘कन्फरेन्स’ बाट छलफल गर्ने गरि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बैठक सोमबार बिहान १० बजे सिंहदरबारमा बस्नेछ । सरकारले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फरेन्स’लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय भएको थियो ।

नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था मिलाइएको हो । विगतमा यस्तो परम्परा थिएन ।

लामो समययता मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सिंगापुर बसाई लम्बिने भएको छ । प्रधामन्त्री ओली बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । उनको अहिले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस