भाद्र ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ ।
प्रधानमन्त्री केपीशर्मा ओली सिंगापुरमा उपचाररत रहेका कारण बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
बैठकमा प्रवास कमिटी, महानगरपालिकाको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल हुने बताइएकाे छ ।
गत बिहीवार बसेको सचिवालय बैठकले प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी सुम्पेको थियो ।