मुलुक कम्युनिस्ट स्टेट बन्ने खतरा बढ्यो : सभापति देउवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र ११, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देशलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढ्दै गएको बतएका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति देउवाले सरकार प्रजातन्त्रका सबै मुलभूत कुराहरु मास्दै गएकोले कम्युनिस्ट स्टेट बनाउन खोजेको बताए । उनले भने, ‘सरकार प्रजातन्त्र विरोधी, मानवाधिकार विरोधि, प्रेस स्वतन्त्रता विरोधि काम गरिरहेको छ । अब सरकारविरुद्ध एकजुट आवश्यक देखिएको छ । सबैलाई एकजुट हुन मेरो आग्रह छ ।’

सभापति देउवाले सरकारका गलत कदमका विरुद्ध काँग्रेसले निर्णय गरेर नै आन्दोलनमा उत्रिँने पनि बताए । उनले स्थायी प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि लड्ने दिन आएको भन्दै आन्दोलनमा आउन सबैलाई आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस