भाद्र १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अर्को सातासम्म पूरा हुने भएको छ।
सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीसँगै रहेका उनको राजनीतिक सल्लाहकार विष्णु रिमालले अर्को सातासम्म उपचार समाप्त हुने बताएका हुन्।
प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्यसिंह शाहलाई उद्धृत गर्दै उसले उपचार प्रक्रिया अर्को साता सकिने बताएका हुन्। शाह भने बुधबार स्वदेश फर्किएको रिमालले जानकारी गराएका छन्।
प्रधानमन्त्रीको ओलीका स्वास्थ्य अवस्थाको सामान्य रहेको उनले बताए। ‘सम्मानीय प्रधानमन्त्रीज्युको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ। उहाँको निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ। उहाँको अनुसार यो उपचार प्रकृया अर्को सातामा पुरा हुनेछ। प्रधानमन्त्रीज्युको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ,’ रिमालले ट्वीट गर्दै भनेका छन्। एक महिनामा दोस्रो पटक स्वास्थ्य परीक्षण तथा उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्रीको मृगौलाको क्षमता अभिवृद्धिसम्बन्धी उपचार भैरहेको छ।
सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ।
उहॉको नीजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ ।
उहॉको अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ।
सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ।
— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) August 28, 2019
पछिल्लो समयमा उनी भदौ ५ गते सिंगापुर प्रस्थान गरेका हुन्। १२ वर्षअघि भारतमा उनको मृगौला प्रत्यारोपण गरिएको थियो।