राजनीतिक दलका नेतासँग बयान लिन अख्तियारलाई सकस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र १२, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ललिता निवास जग्गा प्रकरणमा मुछिएका राजनीतिक दलका नेतासँग बयान लिन सकस भएको छ।

ललिता निवास जग्गालाई व्यक्तिका नाममा दर्ता गराउनका लागि दुईवटा सरकारले गरेको निर्णयलाई कूटनीतिक तवरमा हल गर्ने र अन्य जग्गा किनबेचमा संलग्नलाई विशेष अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारले हाल ललिता निवास जग्गा किनबेचमा संलग्नहरूलाई अनुसन्धान प्रक्रियामा राखेको छ । जग्गा किनबेच गर्नेको सूची लामो भएकाले अझै केही समय अनुसन्धान प्रक्रियामा अख्तियार रहेको प्रवक्ता प्रदीप कोइरालाले बताए । ‘अनुसन्धान प्रक्रिया कति दिन लाग्छ ठयाक्कै भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘हामी सकभर अनुसन्धान प्रक्रिया चाँडै टुंग्याएर मुद्दा दर्ता गर्छौं।’

अनुसन्धान प्रक्रिया के भइरहेछ भन्ने विषयमा भने अहिले केही भन्न नमिल्ने प्रवक्ता कोइरालाले बताए। ललिता निवास प्रकरणमा मुछिएका नेताहरूको हकमा बयान लिने कि नलिने भन्ने विषयमा अख्तियार प्रमुख नै सकसमा परेको स्रोतले जनायो।

ताजा अपडेट

खोजी गर्नुहोस