सिंहदरबार अगाडिको इमिरो प्लाजा अधिग्रहण गर्ने निर्णय, सीअई रियल स्टेट निर्माण पनि रोकिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १५, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १५,काठमाडौँ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि बनेको अग्लो घर अधिग्रहण गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । महत्वपूर्ण केन्द्र वरिपरि रहेका अग्ला भवनले शान्ति सुरक्षामा पार्ने असर अध्ययनका लागि गठित समितिले अधिग्रहण गर्न दिएको सुझाव अनुसार गृहले आइतबार निर्णय गरेको हो ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले अध्ययन समितिले तयार पारेको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको पुष्टि गरे । प्रतिवेदनको आधारमा कारबाही अघि बढाउने निर्णय भएको बताइएको छ ।

स्रोतका अनुसार समितिले सिंहदरबार अगाडि रहेको इमिरो प्लाजा मापदण्ड विपरित रहेको निष्कर्ष निकालेको छ । साथै, आवश्यक कारबाही अघि बढाउन सुझाव दिएको छ ।

समितिले राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको सीअई रियल स्टेटलाई पनि निर्माणमा रोक लगाउने भएको छ । उक्त क्षेत्रलाई पनि अधिग्रहण गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस